सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

मकवानपुर । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं।–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं।६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेक्कामा ए।टी।एम सेवा संचालनमा ल्याएको छ ।
ए।टी।एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए।टी।एम सेवा अन्तर्गत ए।टी।एम कार्ड र बिना ए।टी।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु र स्थानीयलाई लक्षित गरी बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं।–७, चुहाडेमा पनि आफ्नो ७८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । रातोपाटी डटकमबाट