पाँच महीनामा २ लाख संक्रमित थपिने, असोजभित्र १ करोड डोज खोप आइपुग्ने
मकवानपुर । स्वास्थ्य मन्त्रालयले आगामी पाँच महीनामा झन्डै दुईलाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा। गुणराज लोहनीले आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने जानकारी दिए ।
खोपको सुनिश्चितता हुने भएकाले खोप अभाव नहुने उनको भनाई थियो । असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज खोपको सुनिश्चितता भएको उनको जानकारी छ ।
भदौ पहिलो साता जापानबाट १६ लाख डोज अस्ट्राजेनेका र भदौ चौंथो साता कोभ्याक्स सुविधाबाट थप १ करोड ५ लाख ४८ हजार खोप आउने निश्चित भएको उनको भनाई थियो ।
साउन अन्तिमसम्म अनुदानबाट थप १६ लाख खोप आउने, भदौ दोस्रो सातासम्म भारतबाट १० लाख डोज कोभिसिल्ड आइपुग्ने र चीनबाट भेरोसेल ६० लाख डोज आउने उनले जानकारी दिए ।नेपालप्रेस डटकमबाट