जसपाको जग : महन्थ पक्षमा १६ जना उभिँदा उपेन्द्रसँग दुईतिहाइ

लोकखबर
२०७८ श्रावण ११, सोमबार १६:४०

 

मकवानपुर । जनता समाजवादी पार्टी जसपाको आधिकारिक विवादको लागि हेड काउन्टुमा अध्यक्ष उपेन्द्र यादव समूहको दुईतिहाइ बहुमत प्राप्त भएको छ। निर्वाचन आयोगले आधिकारिकता टुंग्‍याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो।
आधिकारिकता दाबी गरेको अध्यक्ष यादव समूहको पक्षमा दुईतिहाइ बहुमत प्राप्त गर्दा अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै देखिए। अध्यक्ष ठाकुर समूहका राजकिशोर यादव, मनिष सुमनलगायतका प्रभावशाली नेताहरूले समेत अध्यक्ष यादवलाई नै साथ दिए।
यस्तै, कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसे। सनाखतका लागि आयोगमा उपस्थित भएका चौधरीले भने, जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो।’
अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई आफूहरू पूर्णरूपमा ढोका बन्द नगरेको बताएका छन्। अर्का अध्यक्ष ठाकुर पक्ष आफैँ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लक्ष्यमा लागेर प्रतिगमनको पक्षमा भएको उनको भनाइ थियो।
अध्यक्ष यादवले भने, हामीले ठूलो ताला लगाएर ढोका बन्द गरेका होइन, न त घोक्रयाएर पठाएका छौँ। पार्टीमा अनुशासित भएर काम गर्ने सबैलाई ठाउँ दिइन्छ।
नेता राजेन्द्र महतोले पार्टीमा आफूहरू अल्पमतमा परे पनि विचलित नहुने बताए। प्राविधिक विभाजनबाट कुनै असर पर्नेवाला नभएको उनको भनाइ छ।
यी हुन् यादव समूहमा हस्ताक्षर गर्ने
यस समूहमा उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहाय प्रसाद यादव, डम्मरु बल्लभ खतिवडा, प्रकाश अधिकारी, मोहम्द ईस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रसान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव र मनिषकुमार सुमन छन्।
महन्थ ठाकुर समूहमा
त्यस्तै, यस समूहमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशबकुमार झा, अकवाल अहमद शाह, दानबहादुर विश्वकर्मा, निर्जला राउत र सुनीलकुमार झा छन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको