मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुग्यो

लोकखबर
१२ श्रावण २०७८, मंगलवार ०६:२५

मकवानपुर । मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोरोना संक्रमित भई हेटौंडा अस्पतालमा उपचार गराइरहेका मकवानपुरका एक र सर्लाहीका एक जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय पुरुष र सलार्हीकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो । पछिल्लो समय दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान जानेको संख्या १ सय ४० जना पुगेको कार्यालयको भनाई छ ।

कार्यालयले दिएको जानकारी अनुसार मकवानपुरमा थप ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो समय ७२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*