एकैदिन थपिए ३ हजार ८ सय ९९ जना काेराेना संक्रमित

लोकखबर
२०७८ श्रावण १२, मंगलवार १६:५०

मकवानपुर । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन्। १२ हजार ६ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ७ सय २६ जना र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ७३ जना गरी ३ हजार ८ सय ९९ जना संक्रमित भेटिएका हुन्।
यही समयमा १ हजार ७ सय ७८ जना संक्रमित सन्चो भएर घर फर्किएका छन्। आज २० जना संक्रमितको मृत्यु भएको छ भने हाल सम्म ९ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ। यस्तै आज काठमाडौंमा ४७५ भक्तपुर १३२ ललितपुर १६७ जना संक्रमित भेटिएका छन्। निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमित बढेका छन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको