चित्रबहादुरले भने- एमसीसी र संघीयता भनिरहने हो भने गठबन्धनमा बस्दैनौं
मकवानपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिएका छन् ।
मंगलवार साँझ अमेरीकी विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाएका हुन् ।
बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको बताए ।
केसीले भने, ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने रुसंघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने रु अहिले हाम्रो प्राथमिकता के हो रु मैले यही कुरा राखेको हुँ ।’
केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । बैठकमा राजमो अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।नेपालप्रेस डटकमबाट