कोसी अस्पतालमा अक्सिजन उत्पादन सुरु

लोकखबर
२०७८ श्रावण १३, बुधबार १५:५८

मकवानपुर । विराटनगरस्थित कोसी अस्पताल परिसरमा अक्सिजन उत्पादन सुरु गरेको छ । अमेरिका–नेपाल फाउन्डेसनले १ करोड ७ लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेपछि उत्पादन सुरु भएको हो ।
३ सय ५० शय्या क्षमताको कोसी अस्पताललाई सामान्य अवस्थामा यस प्लान्टबाट उत्पादन हुने अक्सिजन बिरामीका लागि पर्याप्त हुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले बताए ।
‘अक्सिजन प्लान्टबाट २४ घण्टामा १ सय ठूलो सिलिन्डर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘कोरोना महामारी नहुँदाको अवस्थामा अक्सिजन प्लान्टमा हुने उत्पादनले बिरामीका लागि अक्सिजन पर्याप्त हुन्छ ।’ डाइग्नोकमले परीक्षण उत्पादन गरेर हस्तान्तरण गरेको उनले सुनाए । अक्सिजन प्लान्टबाट सोझै अस्पतालका प्रत्येक वार्डको शय्यामा पुर्‍याउने पाइपलाइनिङ गरिएको दासले बताए । उनले खपत नभएका अक्सिजन सिलिन्डरमा भरेर राख्नेसमेत व्यवस्था गरिएको बताए ।
डा। दासले कोरोना बिरामीका कारण अहिले अस्पतालमा दैनिक डेढ सय सिलिन्डर खपत भइरहेको बताए । ‘कोरोना महामारीका बेला दैनिक ३ सयदेखि ४ सय सिलिन्डर खपत भइरहेको थियो,’ उनले भने, ‘अस्पतालको स्तरोन्नति गरेर ५ सय शय्यामा पुर्‍याउन भवन निर्माणको काम सुरु भइसकेकाले सामान्य अवस्थामा पनि अहिले स्थापना भएको अक्सिजन प्लान्टले धान्दैन तर अहिलेलाई कोरोनाबाहेकका बिरामीलाई पर्याप्त हुन्छ ।’
क्षमता विस्तार भएपछि अक्सिजनको माग बढ्ने भएकाले थप अर्को अक्सिजन प्लान्टका लागि नेपाल चिकित्सक संघ कोसीको सहकार्यमा सूची फाउन्डेसनसँग पहल भइरहेको डा। दासले बताए । डाइग्नोकम इन्टरनेसनल काठमाडौंले अक्सिजन प्लान्टका लागि उपकरण आपूर्ति गरी जडान गरेको उनले बताए ।कान्तिपुर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको