एमसिसी राष्ट्रघाती छ, गठबन्धनको हेक्का रहोस् : भीम रावल
मकवानपुर । नेकपा एमालेको उपाध्यक्ष भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी राष्ट्रघाती भएको बताएका छन्। नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने बताएका हुन्।
उनले ट्विटरमा लेखेका छन्, नेपालको संविधान,कानुन,राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरणतर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।
एमसिसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि त्यसलाई हेक्का राख्नुपर्ने उनको भनाइ छ।थाहाखबर डटकमबाट












































