सुन पसल लुट्न खोज्ने हतियारधारी समूह एसएमजीसहित पक्राउ

लोकखबर
२०७८ श्रावण १४, बिहीबार १३:२०

मकवानपुर । मोरङको सुन्दरहरैंचा नगरपालिका(१० त्रिवेणी चोकमा रहेको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियारधारी समुह पक्राउ परेको छ। पक्राउ पर्नेमा संखुवासभा बाह्रबिसे(६ का ३० वर्षीय चिरञ्जीवी राई, संखुवासभाकै सभापोखरी(४ का ३९ वर्षीय चन्द्र बहादुर राई, मोरङको सुन्दरहरैँचा(५ का २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुङमा गाउँपालिका(३ का ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा(७ का ३१ वर्षीय संतोष राई रहेका छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सुनसरी र मोरङका बिभिन्न स्थानबाट पक्राउ गरेको हो। गत साउन १ गते दिउँसो साढे १ बजे एसएमजी र पेस्तोलसहित आएका उनीहरुले हतियार देखाई ज्वेलर्समा लुटपाटको असफल प्रयास गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले गहन अनुसन्धान थालेको थियो। पक्राउ परेका उनीहरुको साथबाट एक थान एसएमजी, त्यसको म्यागेजिन एक थान, ६२ राउण्ड गोली, एउटा कटुवा पेस्तोल, एउटा अटोमेटिक पेस्तोल, म्यागेजिन एउटा र ३०३ राइफलको राउण्ड थान ४ र बीएमआर लेखेको हेण्ड सेट दुई थान बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजाना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको