हेटौंडामा मानव बेचबिखन बिरुद्द तथा बाल संरक्षण सम्बन्धि तालिम

लोकखबर
२०७८ श्रावण १५, शुक्रबार ०६:३०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानव बेचबिखनबिरुद्द तथा बाल संरक्षण सम्बन्धि तालिम आयोजना गरिएको छ ।

एक्प्याक्ट लगजेम्बर्गको सहयोगमा राष्ट्रिय बालअधिकार परिषदसँगको समन्वयमा तथा सेलर्ड र शक्ति समूहले काम गरिरहेको ‘सुरक्षाको लागि साथ साथ’ परियोजना अन्तर्गत तालिम गरिएको हो ।

तालिममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटाले आफूहरु सामाजिक संघसंस्थासंग सहकार्य गरी अघि बढ्ने बताए ।

तालिममा सिविन बाल हेल्प लाइन, हेटौंडाका झविन्द्र ज्ञवाली र सम्झना अधिकारीले मानव बेचविखन तथा ओसारपसार : बदलिदों स्वरुप, बाल संरक्षण सम्बन्धि मुलभुत अवधारण, स्वयमसेवा पर्यटन र पीडितको अधिकार संरक्षण, क्षतिपुर्ति र पुर्नस्थापनाको बारेमा सहजीकरण गरेका थिए ।

एक दिवशी तालिममा मानव अधिकार तथा मानव बेचविखन विरुद्दको जिल्ला सञ्जालमा सक्रिय संस्थाहरु माइती नेपाल, मकवानपुर महिला समूह, अस्मिता नेपाल, हिमराइट्स मकवानपुर, सिविन बाल हेल्प लाइन, हाम्रो घरलगायतका संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको सेलर्डका फिल्ड अफिसर जगन्नाथ सुवेदीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको