कांग्रेसमा क्रियाशील सदस्यता विवाद : नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय

लोकखबर
१५ श्रावण २०७८, शुक्रबार १५:५९

मकवानपुर ।  नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।
पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै ९४र४ क्षेत्र०, रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो । पाँच दिनभित्र यो टुंगाइने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् ।अनलाइन खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*