बैतडीका प्रत्येक वडामा भेरोसेल खोप लगाइँदै

मकवानपुर । बैतडीमा आज ९आइतबार० देखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
जिल्लामा ८४ वटा वडा रहेका छन्। ठूलो वडामा आवश्यकताअनुसार खोप केन्द्र विस्तार गरिने बताइएको छ। उक्त खोप अभियान साउन २१ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
५५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।
खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए। यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ।
यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ।
बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आईसकेको छ। भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोश्रो मात्रा दिनुपर्ने हुन्छ। दोस्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ।
खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।थाहाखबर डटकमबाट