भाइको हत्‍या गरेको अभियोगमा दाजु पक्राउ

लोकखबर
२०७८ श्रावण १७, आईतवार १३:५७

मकवानपुर । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका(२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।अनलाइन खबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको