असोजसम्म २ करोड मात्रा खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको दुई करोड मात्रा सुनिश्चित भएको बताएका छन्।
मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
१ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको भन्दै उनले असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने बताए।
उनका अनुसार मोडर्ना ४० लाख डोज, ५० लाख डोज जोनसन, ४० लाख फाइजर र २० लाख डोज एस्ट्राजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको उनले बताए।
कोभ्याक्सबाट १ करोड १३ लाख, कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको उनले बताए।नेपालखबर डटकमबाट