मकवानपुरमा सक्रिय संक्रमित १०५७, अधिकांशमा होम आइसोलेसनमा

मकवानपुर । मकवानपुरमा अहिले कोरोना भाइरस (कोभिड १९ ) बाट १ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमित भएकाहरु घर तथा संस्थागत आइसोलेसनमा उपरारत छन् । संक्रमित मध्ये ९ सय ९९ जना होम आईसोलेसन र ५८ जना सस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
मकवानपुरमा पछिल्लो समय थप १ सय १८ जनालाई कोरोना संक्रमण भएको छ । हिजो चौबीस घन्टाभित्र पिसिआर विधिबाट १ सय ७४ जनामा गरिएको परिक्षणमा ९५ र एन्टिजेन विधीबाट ६४ जनामा गरिएको परिक्षणमा २३ जनालाई कोरोना भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।