पारसको नजर क्रिकेट संघतिर

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिएका छन् ।
सन् २००९ देखि १२ वर्षसम्म राष्ट्रिय टोली सम्हालेका उनी सफल कप्तान हुन् । आईसीसी डिभिजन ५ बाट टी–२० विश्वकप हुँदै एकदिवसीय मान्यता प्राप्त गर्ने राष्ट्र बनाउन उनले कप्तानीको महत्वपूर्ण भूमिका खेलेका छन् ।
२८ असोज २०७६ मा कप्तानबाट राजीनामा दिएका पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय खेलबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।
अब क्रिकेट संघतिर जाने संकेत गरेका छन् । क्रिकेट संघको निर्वाचन २०८० मा हुनेछ, तर संघको विधानमा चुनावमा जान खेलाडीले दुई वर्ष क्रिकेट छाडेको हुनुपर्ने व्यवस्था छ । सन्यास लिँदा पारसले यो समय पनि मिलाएको देखिन्छ ।
क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ, यसका लागि समय पनि मिलेको छ’ उनले अनलाइनखबरसँग भने, ‘एकल प्रयासबाट मात्र केही गर्न सकिँदैन, सबैको साथ चाहिन्छ ।’
उनले कप्तान रहँदा नै नेपाल क्रिकेट संघ ९क्यान०मा देखिएको अव्यवस्थाबारे बारम्बार आवाज उठाएका थिए । सन् २०१४ मा तलब भत्ता, नयाँ क्यान लगायतको माग राखेर उनीसहितका खेलाडीहरुले प्रतियोगिता बहिस्कार गरेका थिए । त्यसयता पारसले क्रिकेट व्यवस्थापन सुधारमा जोड दिँदै आएका छन् ।थाहाखबर डटकमबाट