राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको प्रश्न– प्रधानमन्त्रीज्यू के गर्दै हुनुहुन्छ ?

लोकखबर
२०७८ श्रावण २०, बुधबार १४:१३

मकवानपुर । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘के गर्दै हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता भनेको ‘खोप, खोप, खोप’ भने पनि अहिलेसम्म खोप व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।
उनले प्रश्न गरे, ‘खोइ त प्रधानमन्त्रीज्यू रु खोप चाहियो ।’
केपी शर्मा ओली नेतृत्वको सरकारले नै सबै जनतालाई पुग्ने गरी खोपको प्रवन्ध गरेको दाबी गर्दै उनले अरुले नै व्यवस्थापन गरेको खोप पनि यो सरकारले जनतामा व्यवस्थित रुपमा लैजान नसकेको जिकिर गरे । ‘यो चिन्ताको कुरा हो,’ उनले भने, ‘खोप त होटल र पहुँचवालाको घरमा पुग्न थाले ।’
उनले अदालतको ‘गलत’ फैसलाविरुद्ध नेकपा एमालेले संघर्ष जारी राख्‍नसमेत बताए । अदालतको परमादेशबाट बनेको हुनाले अहिलेको सरकारलाई ‘परमादेश सरकार’ भनिएको प्रस्ट पारे । ‘कसैलाई यसो भन्दा चित्त दुखेछ, हामीले यो सरकारको जन्मस्थानमात्र बताइदिएको हो’ उनले भने, ‘संविधानमा अदालतले सरकार बनाउने कुरा कहीँ कतै लेखेको छैन ।’
अदालत दलीय व्यवस्था, संसदीय परिपाटीको खिलाफ गएको उनको आरोप थियो । अदालतको गलत फैसलाविरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्ने उनले बताए । नेकपा एमाले अहिले पनि देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति रहेकोतर्फ पनि हेक्का राख्न उनले चुनौती दिए ।रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको