मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

लोकखबर
२० श्रावण २०७८, बुधबार १५:१६

मकवानपुर । मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् ।
लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ स्३० बजे चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले ११२५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले बताए ।अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*