साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने
मकवानपुर । सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताए ।
बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिए ।
जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा ८ लाख डोज अगामी शनिबार र आइतबार आइपुग्दै छ । भुटानले पनि ३ लाख खोप दिने प्रतिबद्धता जनाएको छ । उनले खोप केन्द्रहरु विस्तार गरेको जनाउँदै काठमाडौंमा १५०,ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा राखिएको जानकारी गराए ।
देशभरि जिल्लामा क्यूआर कोडुसहितको खोप कोर्ड दिने व्यवस्था गरिएको समेत उनले बताए ।कान्तिपुर डटकमबाट