पाँच दिनपछि पुनः सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

लोकखबर
२१ श्रावण २०७८, बिहीबार १४:३४

मकवानपुर । सडक भासिँदा पाँच दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग बिहीबारबाट पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण गएको आइतबार बैतडीको पाटन नगरपालिका ८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध बनेको थियो।
भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। लगातारको वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएपछि सडक पुनः सञ्चालनमा ढिलाइ भएको हो। उनले भने, ‘पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रूपमा सवारी आवागमन सुरु भएको छ।’
अवरुद्ध राजमार्ग बिहीबार मध्यान्ह १२ बजेबाट पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। ५ दिनपछि राजमार्ग खुलेसँगै बझाङ जाने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारीसाधन चलेका छन्। सवारीसाधन चलेसँगै यात्रुहरू पनि आ(आफ्नो गन्तव्यतर्फ लागेका छन्।
जयपृथ्वी राजमार्गमा वर्षातको समयमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*