गोरु किनेर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता

लोकखबर
२०७८ श्रावण २१, बिहीबार १६:०५

मकवानपुर । आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । गोरु किनेर घर फर्कदै गर्दा सोही श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो ।
एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’ गोरुधनी नरबहादुर गुरुङले छरछिमेक र निजका आफन्तलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको उनले बताए ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको