चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

लोकखबर
२०७८ श्रावण २२, शुक्रबार १५:१०

मकवानपुर । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेर चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।हाम्रो माग पूरा गर’, ‘हाम्रो इन्टर्नसिप कहिले रु’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले आयोगको कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । यसअघि बिहीबार पनि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।
कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको भन्दै उनीहरुले नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइ दिन सरकारसँग माग गर्दै आइरहेका छन् ।
आफूहरुले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयले समेत मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप गर्न सुझाव दिँदा समेत नेपाल सरकारले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
उनीहरुले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकार पक्षसँग पटक(पटक ध्यानाकार्षण गराउँदै आएका छन् ।
इन्टर्नसिप पूरा गर्न नपाउँदा आफूहरुको भविष्य अनिश्चित बन्ने अवस्था आउँदा समेत सरकारले माग सम्बोधन गर्न चासो नदेखाकोले बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुले बताएका छन् ।
चिकित्सा शिक्षा आयोग इन्टर्नसिपसम्बन्धी अध्ययन गर्न बनेको कमिटीका संयोजक डा। दिलीप शर्माले चीनबाट फर्किएका विद्यार्थीको इन्टर्नसिपको विषयमा अध्ययन भइरहेको बताए ।
चीनको वुहान सहरमा कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए ।
यसअघि नेपाली विद्यार्थीहरुको अनुरोधमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अप्रिल २०२० सम्म अन्तिम परीक्षा दिएकाहरुलाई इन्टर्नसिप दिने व्यवस्था मिलाएको थियो ।
इन्टर्नसिप गर्न पाउनु पर्ने माग राख्नेमा चीनमा सन् २०१५(०१६ मा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरु हुन् ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको