भन्सारमा अड्कियो ई-पासपोर्ट छाप्ने मेसिन

मकवानपुर । राहदानी विभागले नेपाल ल्याउन लागेको ई(पासपोर्ट छाप्ने मेसिन वीरगञ्ज भन्सारमा नै अड्किएको छ। अर्थ मन्त्रालयले भन्सार शुल्कका लागि चासो नदिएकाले मेसिन भन्सारमा नै अड्किएको हो।
विभागका सुचना अधिकारी राजेन्द्र पाण्डेका अनुसार भन्सार शूल्क ७० लाख लाग्ने छ। सरकारको मेसिन भएकाले शुल्क मिनाहा गर्न विभागले अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको छ। यदि शुल्क मिनाहा नभएमा राहदानी विभागले सम्पूर्ण रकम खर्चेर ल्याउने पाण्डेको भनाइ छ ।
मेसिनका लागि आवश्यक पर्ने सामान एउटै देशबाट ल्याउन सम्भव भएन पाण्डेले भने,‘ विभिन्न देशबाट मेसिनको सामान ल्याई वीरगञ्ज भन्सार कार्यालयमा राखिएको छ। एक सातामा काठमाडौं ल्याउँछौ।’
विभागले दोस्रो मेसिन पनि छिटो नेपाल भित्र्याउने तयारी गरेको छ। सो मेसिनका लागि चाहिने सामानहरु चीन, फ्रान्स र जर्मनबाट ल्याइएको छ। सम्पूर्ण पार्ट काठमाडौंमा ल्याएर जडान गरिने पाण्डेको भनाइ छ। ई(पासपोर्टका लागि त्रिपुरेश्वरमा अफिस राखि पासपोर्ट जारी गरिने भएको छ।
साउनमा सो मेसिन ल्याई भदौको अन्तिम साताबाट ई(पासपोर्ट जारी गरिने सुचना अधिकारी पाण्डेले जनकारी दिए। सो मेसिन ल्याउनका लागि ‘आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ फ्रान्सेली कम्पनीलाई ठेक्का दिइएको थियो। उक्त कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो ।
विश्वका १ सय भन्दा बढी मुलुकले इ(पासपोर्ट सञ्चालनमा ल्याएका छन्। हातले लेखेको पासपोर्टलाई ११ वर्षअघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो।
ई(पासपोर्टमा जानका लागि चरणबद्ध रुपमा काम गर्दै आएको सुचना अधिकारी पाण्डेले बताए। उनका अनुसार एउटा हालको जस्तै ३४ पृष्ठकै हुने छ भने अर्को ६६ पृष्ठको हुनेछ। कम यात्रा गर्नेले अहिलेको जस्तै पातलो र धेरै यात्रा गर्नेले बाक्लो पासपोर्ट लिन सक्ने छन्। थाहाखबर डटकमबाट