चितवनमा साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता

लोकखबर
२०७८ श्रावण २५, सोमबार १२:१०

मकवानपुर । जिल्ला प्रशासन कार्यालयले चितवनले वैशाख १५ गतेदेखि जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएको हो । निषेधाज्ञा जिल्लाभर लागू हुने छ ।
जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत पुष्टि भइसकेको र संक्रमण दर निरन्तर बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको