सिद्धबाबामा ढुङ्गा खसेर लाग्दा स्कर्पियो तिनाउ नदीमा

लोकखबर
२०७८ श्रावण २६, मंगलवार १२:४५

मकवानपुर । बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ । पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनामा ४ जना घाइते भएको जानकारी दिए । स्कोर्पियो दुर्घटनामा पाल्पा तिनाउ गाउँपालिका–३ झुम्साका बाबुराम पाण्डेय गम्भीर घाइते भएका छन्। झुम्सा कै विनोद पाण्डे, अमित बस्याल र गङ्गा दराई घाइते भएका छन् । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको