शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा

लोकखबर
२७ श्रावण २०७८, बुधबार १२:११

मकवानपुर । नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म शा।से। सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि। गुल्म शा।से आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।
मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली पहिलो फ्लाईट सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली(बदली गरेको नेपाली सेनाले जनाएको छ। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*