मुख्यमन्त्री अनुपस्थित भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लोकखबर
२७ श्रावण २०७८, बुधबार १४:३३

मकवानपुर । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने राजीनामा बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।
प्रदेशसभामा एमालेका ३८ जना प्रदेशसभा सदस्य छन्। नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।
विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*