परीक्षार्थीलाई आजदेखि अस्ट्रजेनिका खोप लगाउन शुरू

लोकखबर
२०७८ श्रावण २८, बिहीबार ११:१३

मकवानपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप आजबाट लगाउन शुरू गरिएको छ।
विद्यार्थीको लागि प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र सामाखुसीमा खोप लगाउन सुरु गरिएको काठमाडौं स्वास्थ्य कार्यलयका प्रमुख बद्री खड्काले बताए।
विद्यार्थीको लागि केही दिन अघि जापानबाट आएको अस्ट्रजेनिका खोप लगाउन सुरु गरिएको समेत उनले बताए। खोप लगाउनको लागि परिक्षा दिने प्रवेश पत्र र खोपको लागि अनलाइन फाराम भरेको विद्युतिय नम्बर लिएर खोप लगाउन जान सकिने समेत उनले बताए।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको