धादिङ अस्पतालमा ज्वरोको बिरामी बढ्दै

लोकखबर
२८ श्रावण २०७८, बिहीबार १५:०८

मकवानपुर । सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा केही समय यता ज्वरोको विरामीको चाप बढेको छ । धादिङ अस्पतालमा दैनिक डेढ सयदेखी दुईसय जना सम्म उपचारको लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झाले बताए ।
ज्वरो क्लिनिकमा आएर उपचार गराउनेहरुमा कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको संख्या पनि बढ्दै गएको अस्पतालले जनाएको छ ।ज्वरोको विरामी भन्ने वित्तिकै कोरोनाको शंका गर्न नहुने फ्लुको लक्षण पनि कोरोनाको जस्तै हुने भएकाले नआत्तिकन व्यक्तिगत तथा घर वरिपरी सरसफाईमा ध्यान दिन र झोलिलो खानेकुरा खानको लागि पनि विरामीहरुलाई आग्रह गर्ने गरिएको मेसु डाक्टर झाले बताए ।
मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै धादिङमा डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढ्न थालेका छन् । उपचारका लागि आएका अधिकांशमा टाउको दुख्ने,रुघा लाग्ने,ज्यान दुख्ने जस्ता लक्षण देखिने गरेको अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज कृष्णलाल उप्रेती बताउँछन् ।अन्य समयमा अधिकतम ४० देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा केही समययता अस्पतालको ज्वरो क्लिनिकमा मात्रै ५० देखि ५५ जना ज्वरोको विरामी मात्रै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।गर्मीका कारण भाइरल ज्वरो तथा रूघाखोकीका बिरामी बढेको अस्पताल का इमरजेन्सी विभागका इन्चार्ज उप्रेती बताउँछन् । यसैगरी, नयाँ मुलबाट पलाएको पानी, पहिले प्रयोग भईरहेको मुलमा भल बाढी मिसिएर प्रदुषित हुने जस्ता कारणले पनि टाईफाईड, जण्डिस,झाडापखाला र छालासम्बन्धी समस्याका बिरामीसमेत अस्पतालमा आउने गरेको उप्रेतीले बताए । अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् ।
बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । अस्पतालका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार–पाँच जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेको र वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
धादिङ अस्पताल बाहेक जिल्लाका निजी अस्पताल,क्लिनिकका साथै स्थानीय तहका ग्रामीण अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । नेपालप्रेस डटकमबाट

,

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*