मात्रृका यादवले ओलीलाई भने : हुटिट्याउँले आकास थामेजस्तो दम्भ छाेड्नुहोस्

लोकखबर
२०७८ श्रावण २८, बिहीबार १६:४७

मकवानपुर । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले नेताहरूप्रति बिहीबारको संसद बैठकमा आक्रोश पोखेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई एमाले नेताहरुले परमादेशको सरकार भनेपछि सांसद यादवले आक्रोश पोख्दै भने, देशमा कोरोना जस्तै प्रतिगमन फैलिएको छ। प्रतिगमन र अग्रगमनबारे बहस भइरहेको छ। परमादेश र जनादेशको कुरा गर्नेहरुलाई भन्छु। हामी पनि परमादेशबाटै आएका हौँ।ु
संविधान कार्यान्वयन गरेर जाँदा कसरी परमादेशको सरकार भयो रु उनले प्रश्न गरे। परमादेश भन्ने अनि जनादेशको अपमान गर्नेरुु उनले भने, गलत मान्छेलाई देश र पार्टीको जहाज उडाउन दिएपछि दुर्घटना हुन्छ। लगभग दुई तिहाइ सरकारलाई ध्वस्त पर्नेरु जनआन्दोलन पनि गठबन्धनबाट आएको हो संविधान पनि गठबन्धनबाट आएको होरु तपाइँहरुको सरकार पनि गठबन्धनमा थियो होइन ररु
आफूहरुले जे गर्दा पनि ठिक हुने तर अरुले गर्दा बेठीक हुने एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ भएको उनले आरोप लगाए। ओलीले प्रधानमन्त्री बन्नकै लागि गठबन्धन, आन्दोलन र पार्टीसमेत बर्बाद पारेको आरोप लगाए।
यादवले भने हुटिट्याउँले आकास थामेजस्तो कुरा गर्ने। जतिबेला पनि परमादेशको कुरा गर्ने। भ्रष्टाचार गर्दिन भन्ने अनि भ्रष्टाचारको ढाकछोप गर्ने।
उनले विदेशी बैंकमा भएको कालो धनबारे छानबिन हुन पर्ने समेत माग गरे। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको