अनलाइनलाई लोककल्याकारी विज्ञापन उपलब्ध गराउँन माग

लोकखबर
२९ श्रावण २०७८, शुक्रबार ०७:२३

काठमाडौं। अनलाइन सन्चारमाध्यमका सन्चालक तथा पत्रकारहरुले सञ्चार ऐन तथा पत्रकार आचारसंहिता पालना गरी सञ्चालनमा रहेका अनलाईन मिडियालाई सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गर्नुपर्ने माग गरेका छन् ।

अनलाईन सञ्चार माध्यमलाई राज्यले अझै विभेदपूर्ण तरिकाले हेरेको भन्दै राज्यको नीति नियम र सञ्चारनीति अनुसार सञ्चालनमा रहेका मिडियालाई समान व्यवहार गर्नुपर्ने र आवश्यकतानुसार अनलाईन मिडियाको वर्गिकरण गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

विभिन्न सञ्चार क्षेत्रमा आवद्ध सञ्चारकर्मी, साना लगानी तथा स्वरोजगारमूखी अनलाईन सञ्चार माध्यमका सञ्चालकहरुसंग भएको छलफलमा बोल्ने वक्ताहरुले सञ्चार क्षेत्रलाई मार्यदित बनाउन राज्यले कुनै ठोस निर्णय ल्याउन नसकिएकोमा चिन्त व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईले साना लगानी तथा स्वरोजगारमूखी मिडियालाई राज्यको तर्फबाट समान व्यवहारको नीति ल्याउनुपर्ने बताउँदै महासंघले सो कुराको गम्भीर रुपमा आवाज उठाउँदै आईरहेको बताए । सचिव चौलागाईले स्थानीय तहमा अझै सूचनामैत्री कानुन नबनेकाले त्यसतर्फ महासंघले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

छलफलमा सञ्चार तथा पत्रकारिता क्षेत्रमा देखिएको विकृत हटाउन समयसापेक्ष तालिम, कार्यशाला गोष्टि तथा सञ्चार क्षेत्रका लागि बनेका कानुनीय मापदण्ड र पत्रकार आचारसंहिताबारे बहस हुन जरुरी रहेको बताएका छन् । छलफल कार्यक्रमको संयोजन गरेका प्रारम्भ खबरका सम्पादक भीम लामाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई मार्यदित बनाउन सञ्चार ऐनमा उल्लेखित आचारसंहिता अध्ययन गरेर मात्र पत्रकारिता क्षेत्रमा लाग्न आग्रह गरे । नयाँ मिडिया अनलाईनमा मिडियामा मात्र नभई ठूला लगानीका मिडियाहरुमा पनि विकृति बढ्दै गएकालेले त्यस तर्फ पत्रकार महासंघ र सम्बन्धित निकायले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए । सञ्चारकर्मी लामाले पत्रकारिता क्षेत्रमै स्नातक तह हासिल गरेका र दुई वर्ष पत्रकारितामा अनुभव भएकालाई मात्र सम्पादक नियुक्ति गरी नयाँ मिडिया दर्ता गर्नुपर्ने नीति ल्याउनुपर्ने बताए ।

पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित सुदिढृकरण गर्नका लागि लामाकै नेतृत्वमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईलाई साँत बुदे सुझाव सहित ज्ञापनपत्र बुझाएको छ । सुझाव तथा ज्ञापन पत्र बुझ्दै सचिव चौलागाईले वर्तमान परिस्थितिमा समेत महासंघले श्रमजीवि पत्रकारहरुको हकहित र सञ्चार क्षेत्रको सुधारको पक्षमा गृहकार्य गरिरहेको बताए । सहभागी विभिन्न सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको संयुक्त सुझावलाई ग्रहण गर्दै महासंघले कार्यन्वयनका लागि समन्वय गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*