संस्थाको सहयोगमा उपचार पाउँदाको खुशी !

लोकखबर
२९ श्रावण २०७८, शुक्रबार ०९:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १,चाइनाक्वाटरमा कोठामा बस्दै आएकी एघार वर्षिया बालिका उमा (मुना) यादव विगत केही महिनादेखि मुटु सम्बन्धि समस्या लिएर बिरामी अवस्था थिइन् । विहान बेलुकाको छाक टार्न ज्याला मजदुरी गर्ने उनको बाबुआमाले उपचार गराउँन सकिरहेका थिएनन् । छिमेकी कोपिला तुम्सिङले बालिकाको अवस्था देखेर उपचारका लागि हेटौंडा अस्पतालसम्म ल्याइन् । हेटौंडा अस्पतालमा आइसकेपछि उनलाई मुटुमा समस्या भएको र अप्रेशन गर्नुपर्ने भन्ने डा. हरिबहादुर खड्काले सुझाए । हेटौंडा अस्पतालमै उपचार सम्भव होला भन्ने लागिरहेका बेला उपचारका लागि काठमाडौं लैजानुपर्ने भयो । आर्थिक रुपमा विपन्नतामा बाँचिरहेका बालिकाका बाबुआमालाई पनि काठमाडौंसम्म लगेर उपचार गर्न निकै गाह्रो थियो । यही बीचमा डा.खड्कासंग बालिकाको अवस्थाबारे कोपिलाले बताएपछि उपचारका लागि सहयोगी दाता खोजी गर्ने कार्यमा सहजीकरण गरे ।

हेटौंडामा हुने उपचारका लागि सिविन बाल हेलपलाइन हेटौंडाले आर्थिक सहयोग गर्‍यो भने काठमाडौंमा उपचारका लागि लैजान र उपचार गर्दा लाग्ने खर्च ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्र मकवानपुरले प्रबन्ध गर्‍यो । यो बिचमा कोपिालले सामाजिक सन्जालमा बालिकाको उपचारका लागि सहयोग गर्न गरेको आग्रहलाई केही मनकारीले वेवास्ता गरेनन् । आफूले सकेको सहयोग केही मनकारी दाताले गरे । काठमाडौंको गंगालाल अस्पतालमा बालिकाको मुटुको अप्रेसन सफल भयो । उपचारका लागि संस्था, अस्पताल, डाक्टर तथा विभिन्न मनकारी व्यक्तीहरुको साथ रह्यो । बालिकाको जन्म दर्ता नभएकाले सहयोग जुट्ने कार्यमा बाधा पर्‍यो । कानूनी जटिलाका बीच पनि सहजीकरण पश्चाच बालिकाले उपचार पाइन् । निन्याउरो अनुहार लिएर अस्पताल पुगेकी बालिका उपचार पछि हसिंली हुँदै घर फर्किएकी छिन् । काठमाडौं लगेर सफलतापूर्वक उपचार गराएर उनी बस्ने कोठामै पुर्‍याउँन गएका सामुदायिक पुनस्र्थापना केन्द्रका रुहेल परियोजना संयोजक केदार आचार्यले पनि खुशी व्यक्त गरे ।
छोरीलाई संस्था तथा व्यक्तिहरुको सहयोगमा काठमाडौंसम्म उपचार गराएर घरमै ल्याइदिएकोमा उनको बाबुआमा पनि दङ्ग छन् । पैसा नभएकै कारण छोरीलाई अस्पतालमा लैजानसम्म हिम्मत नगरेका उनका बाबुआमालाई छोरीको उपचार गर्ने दाता यसरी भेटिएलान् भन्ने लागेकै थिएन । तर साउन पाहिलो साता अस्पतालमा पु¥याइएकी छोरी साउन २८ गते विहीबार उपचार पछि घर फर्किदाँ उनीहरु औधी खुशी भएका छन् । बालिकालाई उपचारका लागि अस्पतालसम्म पु¥याउँदै मनकारी दातासम्म पुग्नका लागि सहजीकरण गरेकी कोपिलाले पनि आफ्नो सानो प्रयास सार्थकता पाएकोमा खुशी व्यक्त गरेकी छिन् । उनले बालिकाको उपचार गराउँन सहयोग गर्नेलाई फेशबुकबाटै धन्यवाद पनि दिएकी छिन् ।

उनले फेशबुकमा यस्तो लेखेकी छिन्
सम्पूर्णमा धन्यवाद ।
डा. हरिबहादुर खड्काको विशेष निगरानी तथा हेटौंडामा बालबालिकासंग क्रियाशील संस्थाको विशेष सहयोगमा बालिकालाई हेटौंडा अस्पताल बाट काठमाडौंको गंगालाल अस्पतालमा उपचार सम्भव भयो । उपचारपछि हसिँलो अनुहार सहित आज बालिका हेटौंडा १ चाइनाक्वाटर स्थित कोठामा फर्किएकी छिन् । दैनिक ज्यालादारीमै विहान बेलुकाको छाक टार्दै आएका उनको बाबुआमालाई छोरीको उपचार गर्न सकिदैन भन्ने लागिरहेका बेला हेटौंडा अस्पतालमा सिविन बाल हेल्पलाइन र काठमाडौंका लागि ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्र मकवानपुर, अस्पताल तथा विभिन्न मनकारी दाताहरुको सहयोगमा बालिका उपचार पछि घर फर्किदा आज औधी खुशी लागेको छ । आजका दिनमा म मात्र होइन बालिकाको उपचारका लागि आर्थिकेखि अन्य महत्वपूर्ण सहयोग गर्ने तपाई सबै खुशी हुनुहुन्छ भन्ने लागेको छ । बालिकालाई नयाँ जीवन प्रदान गर्ने पुण्य कर्ममा सकेको जति भूमिका निभाउनु हुने तपाई सबै सबै प्रति नमन गर्दछु ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*