आफ्नै मृत्यु दर्ता खारेज भएपछि सुभाषले पाए नागरिकता

लोकखबर
२०७८ श्रावण २९, शुक्रबार ११:४५

मकवानपुर । आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर लामो समयदेखि सरकारी कार्यालय धाइरहेका मोरङका सुभाष तामाङले नागरिकता पाएका छन्।
जीवितै व्यक्तिको मृत्युदर्ता भएपछि उनलाई समस्या भएको थियो। मृत्युदर्ता भएको ६ वर्षपछि मोरङको बेलबारी–११ लक्ष्मीमार्गका तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार नागरिकता पाएका हुन्।
सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्युदर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइपाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी निकाय धाइरहेका थिए। बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सुभाषलाई नागरिकता प्रदान गरेका हुन्।
भोजपुरको षडानन्द नगरपालिका–२ पुख्र्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए। २०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भन्दै कम्पनीले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्युदर्ता समेत गरेको थियो।
२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका–२ मा मृत्यु दर्ता भएको थियो। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पटक–पटक धाए। तर, नागरिकता पाउन सकेका थिएनन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको