मौद्रिक नीति आज सवा ४ बजे सार्वजनिक हुने

लोकखबर
२०७८ श्रावण २९, शुक्रबार १२:२०

मकवानपुर । मौद्रिक नीति आज अपराह्न ४ः१५ मा सार्वजनिक हुने भएको छ।
शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समतिले मौद्रिक नीति पास गर्दै सवा ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भेटमा मौद्रिक नीति र बजेट संशोधनमा छलफल भएको थियो।
उक्त छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न ग्रिन सिग्नल दिएका थिए।
नेपाल राष्ट्र बैंकले सञ्चालक समिति सदस्यहरुलाई शुक्रबारको बैठकको लागि बिहीबार पत्र पठाएको थियो। आज ८ बजेदेखि १० बजेसम्म बसेको बैकठले मौद्रिक नीतिलाई पास गरेको छ।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको