काठमाडौँमा एकसहित ४ जना मृतावस्थामा फेला
मकवानपुर । काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका(१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका(५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका(१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने गोरखा नगरपालिका(१० ठुटी बजारस्थित दरौदी खोलामा सोही नगरपालिका(२ बस्ने ७० वर्षीय कुल बहादुर आले पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिन्धुलीको घ्याङलेख गाउँपालिका(५ बजुडाँडा बस्ने बिष्णु बिकको छोरा ११ वर्षीय सुमन बिक पनि घरमै मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।रातोपाटी डटकमबाट












































