५ दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

लोकखबर
२९ श्रावण २०७८, शुक्रबार १५:०२

मकवानपुर । बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई ५ दिन कैद र बीस लाख जरिवाना हुने फैसला गरेको थियो । आफ्नो खातामा पर्याप्त रकम नभएको जानी–जानी खड्गीले जाहेरवालालाई एन।एमबी बैंकको चेक दिएकी थिइन् । ब्यूरोले उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको छ । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*