महिना पुग्दापनि शर्मा अझै सम्पर्क विहीन

मकवानपुर । वीरगञ्जका १ का युवक बेखबर बनेको महिना पुग्दा पनि फेला पर्न सकेका छैनन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचाका ३२ वर्षीय विराज शर्मा गत असार ३१ गते बिहिवार दिउँसो २ बजेदेखि घरबाटै बेपत्ता भएका थिए ।
शर्मा वेपत्ता भएको महिनासम्म नफर्कदा परिवार चिन्तामा छ । शर्माकी श्रीमती सजना बानियाका अनुसार आफ्नो श्रीमान्को खोजीका लागि प्रहरीमा निवेदन दिएपछि हालसम्म कुनै अत्तापत्तो लागेको छैन । कालो रंगको हाल्फ पाइन्ट र मिक्स कलरको टिसर्ट लगाएका र हातमा प्रमाणपत्र सहितको कालो झोला बोकेको अवस्थामा उनी बेपत्ता भएका हुन् ।
उनको मोवाईल नम्बरमा कल डिटेल परीक्षण हेर्दा साउन १ गते शुक्रवार दिउँसो २ बजेसम्म अन देखिएको र चपुर देखिएको छ । हराएका शर्माको खोततलाशमा परिवार लागि परिरहेपनि हालसम्म फेला पर्न नसकेको शर्माका दाई विशाल शर्माले बताए । खोजतलाशका क्रममा मोबाइल नम्बरका आधारमा बुझ्दा भारततिर लागेको आशंका गरिएपनि उनी किन र के कारण बेखबर बन्न पुगे भन्ने थाहा हुन सकिरहेको छैन ।
शर्मालाई कतै देखे वा भेटेमा ९८५५०२३५४३ र ९८४५८६७७५४ नम्बरमा अर्थात नजिकैको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।