भारतसामु इंग्ल्यान्डलाई बराबरीमा रोक्ने चुनौती

लोकखबर
२०७८ श्रावण ३२, सोमबार ११:१६

मकवानपुर । इंग्ल्यान्डको घरेलु मैदानमा जारी पाँच खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतलाई जित भन्दा पनि अब बराबरी महत्वपुर्ण भएको छ। अन्तिम दिनको खेलमा आज भारत इंग्ल्यान्डलाई रोक्नका लागि मैदानमा हुने छ। यसअघि भएको पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो।
लर्डसमा जारी दोस्रो टेस्टको दोस्रो इनिङको चौंथो दिन भारतले ६ विकेट गुमाएर १८१ रन बनाएको छ। ऋषभ पन्त १४ तथा इशान्त शर्मा ४ रन बनाएर अविजित छन्। भारतको इनिङमा अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए। त्यस्तै चेतेश्वर पुजाराले ४५ रन जोडे। कप्तान विराटको ब्याट दोस्रो इनिङमा पनि चलेन। विराट २० रन बनाएर आउट भए।
यद्धपी पुजारा र रहाणेले चौंथो विकेटका लागि १०० रनको साझेदारी गर्दा भारत चौंथो दिननै अलआउट हुनबाट जोगियो भने कम स्कोरबाट समेत समालियो। इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ३ विकेट लिए। त्यस्तै मोइन अलीले २ तथा सेम करनले १ विकेट लिए।
अन्तिम दिन भारतसँग ४ विकेट बाँकी छ। यस्तोमा भार जतिसक्दो लामो समय क्रिजमा रहने प्रयासमा हुने छ। सुरूवातमै आउट भएमा भने भारतलाई इंग्लिस टीमलाई रोक्न मुस्किल पर्नै छ। अहिलेसम्म भारत समग्रमा १५४ रनले अघि छ। त्यसैले इंग्ल्यान्ड जतिसक्दो चाँडो भारतलाई अलआउट गर्दै ब्याटिङका लागि मैदानमा उत्रन चाहन्छ।
इंग्ल्यान्डले दिनको खेल सकिँदा भारतलाई अलआउट गर्दै लक्ष्य पुरा गर्न नसकेमा खेल बराबरी हुने छ। यदि भारतले इंग्लिस ब्याट्सम्यानलाई अलआउट गरेमा भारत विजयी हुने छ। त्यसैले अन्तिम दिननै लर्डस टेस्टका लागि निर्णायक देखिएको छ। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको