कारले स्कुटरलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु, एक घाइते

लोकखबर
२०७८ श्रावण ३२, सोमबार ११:२५

मकवानपुुर । कारले स्कुटरलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका(६ घर हाल कनकाई नगरपालिका(८ मा डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–७ स्थित सिमल चौक जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०१–०१२प १९४२ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो। कारको ठक्करबाट स्कुटर चालक बाह्रदशी(७ का २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार मगर गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएलगतै मगरको मृत्यु भएको थियो।घाइते कार्कीको सोही अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए। यता कार चालक इलाम जिल्ला माई जोगमाई गाउँपालिका–२ का २४ वर्षीय जङ्गबहादुर बस्नेतसहित कार र स्कुटर इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको