संसदमा एमालेको टिप्पणी : दुनियाँभर मादल बज्दा पनि कम्फर्टेबल सरकार ब्युँझेन

लोकखबर
३२ श्रावण २०७८, सोमबार १४:१०

मकवानपुर । तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारले चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आक्रोश पोखेको छ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै एमाले सांसद गोकुल बास्कोटाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को अध्यक्ष राष्ट्र नेपालले सदस्य राष्ट्र अफगानिस्तानमा भएको घटनामा ठोस पहल गर्न नसकेको बताएका हुन्।
नेपाल सार्कको अध्यक्षता गरिरहेको छ। अफगानिस्तान सार्कको सदस्य राष्ट्र हो। त्यहाँको घटना देखेर दुनियाँ चकित र त्रसित छ उनले भने, त्यहाँका नागरिकहरु र नेपाली दाजुभाइ पनि त्रस्त र भयभित छन्। जसले त्यो राष्ट्रमाथि आक्रमण गरेका थिए उनीहरुले पहिलेबाटै सैन्य क्याम्प खाली गरेका थिए।आफ्ना नागरिकलाई लिन सैनिक पठाएका थिए।बास्कोटाले तर नेपालले अफगानिस्तानमा अलपत्र नेपालीक उद्धारमा कुनै चासो नदिएको बास्कोटाले बताए। तर सार्क राष्ट्रको अध्यक्ष नेपालले आफ्ना नागरिक ल्याउन कुनै चासो दिएन। अनि कम्फरटेबल सरकार त झन् दुनियाँभर मादल बज्दा पनि ब्यूँझन उनले भने, हिजो त सुनिन्थ्यो उहाँ शेरबहादुर देउवा गठबन्धनको हिरो हो। तर विडम्बना संकटमा परेका नेपालीले आफ्नो देश छ र उद्धारको पहल हुन्छ भन्ने थाहा पाएनन्।बास्कोटाले गठबन्धन सरकार यस प्रकारले गैरजिम्मेवार होला भन्ने नसोचेको पनि गुनासो गरे। यस प्रकारको गैरजिम्मेवार सरकार होला भन्ने कल्पना गरेका थिएनौँ, उनले भने, त्यहाँ अलपत्र नागरिकको जीवन रक्षा हुनुपर्छ। फिर्तीको पहल हुनु पर्छ।
यो सरकारले त्यस्तो गल्ती गर्ने छुट छैन।उनले केपी ओली नेतृत्वको सरकारले परराष्ट्र नीति बिगार्यो भनिँदा झण्डै दुईतिहाइको गठबन्धन सरकारका हिरो प्रधानमन्त्री आज जिरो भइरहेको भन्दै कटाक्ष गरे।आफ्ना समकक्षीसँग पनि अफगानिस्तानको घटना के होरु हिंसा हो प्रतिहिंसा होरु क्रान्ति होरु के होरु केही बोलेनन् प्रधानमन्त्री, बास्कोटाले भनेहाम्रो परराष्ट्र नीति र दृष्टिकोण छैन। यो सरकारको कुनै विचार छैन।२०७३ सालमा काबुलमा हमला हुँदा केपी शर्मा ओलीको सरकारले २४ घण्टाभित्र उद्धार गरेको उनले स्मरणगरे। अहिले सरकार कहाँ छरु जनता जान्न चाहन्छन्, उनले भने, यो चानचुने विषय होइन। सोभियत हस्तक्षेप टिकेन, अमेरिकी हस्तक्षेप टिकेन। अफगानिस्तान घटनाले विदेशीको परेडले होइन, त्यहाँका जनताको निर्णयले टिक्नुपर्छ भन्ने हो।सरकारले अफगानिस्तान घटनाबारे संसदलाई जानकारी गराउन पनि माग गरे। त्यहाँका नागरिक सुरक्षित छन् र फर्काइन्छ भनिनुपर्छ, उनले भने, गाउँले बलदेवले लेखको कविता जस्तो नहोस्। बाहिर हेर्दा नेपाली परन्तु अर्कै भइसकेविदेश मेरो स्वर्ग हो मै पनि स्वर्गीय भइसके।
उनले देउवा नेतृत्वको सरकारलाई परमादेशको संज्ञा दिँदै नेपाली फर्किने मिति तोक्न पनि माग गरे।त्यहाँ पनि उनीहरु आँसुमा छन, उनले भने, यता नेपालीका परिवार छटपटिएका छन्। नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*