माधव नेपालले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने

लोकखबर
१ भाद्र २०७८, मंगलवार ११:०८

मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै छन्। एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लागेका हुन्। उनको सचिवालयले भने नेता नेपालले राजनीतिक रस्साकस्सी सन्दर्भमा नभई पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ।
एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणको तयारीमा छन्। नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरूलाई त्यसबारे औपचारिक सम्बोधन गर्न लागेका हुन्। माधव नेपालको आग्रहमा पार्टी विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याउन सरकारले तयारी गरिरहेको छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*