सार्वजनिक स्थलमा हुँदैन स्वास्थ्य मापदण्डको पालना

लोकखबर
१ भाद्र २०७८, मंगलवार १२:११

मकवानपुर । कोरोना महामारी रोकथामका लागि दाङमा गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ। निषेधाज्ञा जारी रहे पनि स्वास्थ्य मापदण्ड भने पालना भएको पाइँदैन। सवारीका साधन, मालपोत, विद्युत्, बैंक, यातायात क्षेत्रमा भीडभाड नै छ। सेवाग्राहीहरूले स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन। तुलसीपुर उपमहानगरपालिका–५ का खिमप्रसाद खराल जग्गा पास गर्न मालपोत कार्यालयमा पुग्दा त्यहाँ मापदण्ड पालना नभएको देखिएको बताए।
‘मालपोत कार्यालयमा कुनै पनि स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन,‘ उनले थपे, ‘मास्क मात्र लगाएर भएन। सेवाग्राहीहरूले सामाजिक दूरी कायम गर्नु पर्ने हो। तर, धकेला धकेल छ।’त्यस्तै तुलसीपुरस्थित राष्ट्रिय वाणिज्य बैंक पुगेकी शान्तिनगर गाउँपालिका–६ की पार्वता बस्नेतले बैंकमा भीडभाडमा लाइन बस्नु परेको बताइन्। लाइन बस्ने ठाउँ साँघुरो ठाउँ भएको र भर्‍याङमा बस्नुपर्ने सेवाग्राहीहरूको गुनासो छ। तुलसीपुर–७ पर्सेनीबाट बैंक आएका कुमार आचार्यले पनि एक घण्टा लाइन मै बस्नु परेको बताए।घोराही उपमहानगरपालिका–१३ का टंक भण्डारी विद्युतको महशुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा आएका थिए। कार्यालयमा सेवाग्राहीहरूको भीडभाड धेरै भएको उनको भनाइ छ। महसुल बुझाउन आउने सेवाग्राहीहरूलाई कार्यालयले व्यवस्थित रुपमा बस्ने ब्यवस्था गर्नु पर्ने उनको भनाइ छ।तुलसीपुर मालपोत कार्यालयका प्रमुख खिमबहादुर खड्काका अनुसार कार्यालयमा सेन्सरसहितको सेनिटाइजर, हात धुनको लागि साबुन पानीको व्यवस्था गरिएको छ। कार्यालयले तुलसीपुर उपमहानगरपालिकासँगै शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकालाई सेवा दिँदै आइरहेको समेत उनले बताए। कोरोना महामारीको मध्यनजर गरी बार अनुसार सेवा दिइरहेको समेत उनको भनाइ छ। अन्य समयमा भन्दा अहिले कार्यालयमा कित्ताकाटसम्बन्धी सेवा लिन सेवाग्राहीहरू धेरै आउने भएकाले पनि धेरै भिडभाड हुने गरेको समेत उनले बताए।उनले भने, ‘हाम्रो कार्यालयका कर्मचारीहरूबाट स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना भएको हुन्छ। हाम्रो कारणबाट सेवाग्राहीलाई भन्दा सेवाग्राहीबाट नै हामीलाई कोरोनाको जोखिम बढी छ।’राष्ट्रिय वाणिज्य बैंक शाखाले पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सेवाग्राहीहरूलाई सेवा दिँदै आएको शाखाका प्रबन्धक गोपाल आचार्यले बताए। उनले सेवाग्राहीहरूलाई लाइनमा राखेर आलोपालो सेवा दिँदै आइरहेको समेत बताए।त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरूमा चेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गरे कारबाही गर्ने निर्णय गरिएको बताए।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*