मुख्यमन्त्री कार्यालयअघि सावित्री सुवेदीको अनौठो विरोध प्रदर्शन
मकवानपुर । आफूलाई महिला अधिकारवादी अभियन्ता बताउने सावित्री सुवेदी आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअघि अनौठो हुलियामा देखिइन् ।उनी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग्न भन्दै कार्यालयको गेटमा एक्लै उभिएकी थिइन् ।
सावित्रीले ‘निर्मलालाई न्याय दे’ ‘मेरो शरीर मेरो अधिकार’ लेखिएका दुई प्ले कार्ड हातमा बोकेकी थिइन् । कालो कपडाले वक्षस्थल छोपेकी उनको छातिमा रातो अक्षरमा लेखिएको थियो( ‘बलत्कारीलाई फाँसी ।’ कालो टेपले मुख टालेकी उनले टाउकोमा पनि कालो पट्टी बाँधेकी थिइन् ।‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले अलिकति मुख उघारेर भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’
सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने भन्दै उनले नत्र महिलाहरू चुप नबस्ने चेतावनी दिइन् । सावित्री तीनै युवती हुन् जसले केही वर्षअघि माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गरेकी थिइन् ।नेपालप्रेस डटकमबाट