थारुवान मुक्ति मोर्चाको माइतीघरमा धर्ना
मकवानपुर । थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन सुरु गरेको छ । कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दा समेत घटनामा मुछिएका थारुहरुले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन सुरु गरेको हो ।
मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको माग राख्दै धर्ना सुरु गरेको हो ।२०७२ भदौं ७ गते भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरुमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घट्नापछि कतिपय थारुहरु प्रवास जीवन विताउन बाध्य भएको मोर्चाले जनाएको छ । मंगलबार धर्ना कार्यक्रममा बोल्दै थारु आन्दोलनका अगुवा भानुराम थारुले पार्टीका शीर्ष नेता तथा प्रधानमन्त्रीहरुले रेशम चौधरी निर्दोष भएको बताएपनि उनको रिहाइ नगरेको भन्दै गुनासो गरे ।त्यसक्रममा थारुले जसपा नेपालका नेताहरुले समेत रेशम चौधरीको नाममा राजनीति गरिरहेको भन्दै थारुहरुले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने बताए । मोर्चाले रेशम चौधरीलगायतका बन्दीको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।रातोपाटी डटकमबाट