हामी सबै धेरथोर व्यक्तिवादी भएकै छौँ, आत्मसमीक्षा गरेर अगाडि बढौँ : प्रचण्ड

लोकखबर
२ भाद्र २०७८, बुधबार १२:३७

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिवादी सबैमा धेरथोर भएको स्वीकार गरेका छन्। बुधबार सहिद रामवृक्ष यादवको २७औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, पार्टीमा धेरथोर सबैमा व्यक्तिवादी प्रवृत्ति भएको छ। सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ। सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन।
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्न खोज्दा सम्पूर्ण उपलब्धिलाई धराशायी बनाउनका लागि कम्युनिष्ट पार्टीभित्र देखा परेको उनको भनाइ छ।प्रचण्डले भने, हामीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहेका थियौँ। तर, सम्भव भएन। हामीले पनि त्यसको लागि विद्रोह गर्नुपर्ने स्थिति देखेर प्रतिवाद गयौँ। र, हामीले आफैँलाई सच्चाउँछौँ भनेर आत्मसमीक्षा गरेर गलत कदमको विरोध गरेका थियौँ। र, सफल पनि भयौँ ।
प्रतिगमन परास्त गरेर संविधान लोकतन्त्रको रक्षा गर्ने सफल भए पनि यो अन्तिम लडाइँ नभएको बताए। सबै सकारात्मक शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ। क्रान्तिकारी विधि र पद्धतिको आधारमा हामीले राष्टियता अभियान थाल्ने हो। आन्तरिक रूपमा भएको विभेद हटाएर समाजवाद निर्माणको झण्डा उठाउँछौँ प्रचण्डको भनाइ छ।शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको जिकिर गरे।हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठूलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ। तर, त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ उनले भने। केन्द्रीय कमिटी बैठकले एकताको झण्डा उठाउने संकल्प गरेसँगै विभेदको अन्त्य र वैदेशिक हस्तक्षेप विरुद्धको पनि झण्डा उठाएर समाजवादका लागि लड्ने बाटो तय गरेको उनको भनाइ छ। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*