महन्थको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ताको तयारी

लोकखबर
२ भाद्र २०७८, बुधबार १४:४४

मकवानपुर । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशको लाभ लिदै जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले पनि नयाँ पार्टी दर्ता गर्ने भएको छ । जसपा नेपालको आधिकारीकता उपेन्द्र यादव पक्षले पाएपछि ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक नयाँ पार्टी दर्ताको तयारी गरेको हो ।जसपाका एक नेताका अनुसार आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी भइरहेको छ । आज दल दर्ताको निवेदन लान्छौ । केन्द्रीय कार्यकारिणी समितिको सूची पनि बुझाउछौं । अन्य समिति र संरचनाबारे पछि निर्णय लिन्छौ’, ती नेताले भने ।
प्रस्तावित जसपा लोकतान्त्रिक मा महन्थ ठाकुर अध्यक्ष रहनेछन् भने चुनाव चिन्ह साइकल प्रस्ताव गरिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो स्थानीय निर्वाचन साइकल चिन्हबाटै लडेको थियो । त्यसअघि शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको चुनाव चिन्ह साइकल रहेको थियो । नेपालप्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*