चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप, थप आठ लाख पनि आजै
मकवानपुर । चीनबाट खरिद गरिएको मध्येको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।
बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्याएको हो स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२ खोप आइपुगेको र अहिले सो खोपलाई अस्थायीव्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको उनले बताए।यस्तै अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख एक नम्बर प्रदेश विराटरगर पौने चार लाख खोप दुई नम्बरमा, ५० हजार सात नम्बर प्रदेश धनगढी र रहेको खोप काठमाडौं उपत्यका सहित तीन नम्बर प्रदेशमा राखिने थापाले बताए।यसैबीच चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ स् ४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ । थाहाखबर डटकमबाट











































