माधव नेपालले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद : शंकर पोखरेल
मकवानपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव नेपालले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको बताएका छन्।
नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेपालले नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको बताएका छन्।
एमालेका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेको पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका छन्।उनले पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य रहेको पनिसमेत बताएका छन्। उनले भनेका छन्,‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो।
कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ। पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्धमा विचलित नभई अघि बढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य हो। विचार र सिद्धान्तले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऊँ।’थाहाखबर डटकमबाट











































