वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पाेज’ परियोजना अन्तर्गत पुल निर्माणमा सहयोग गर्ने
मकवानपुर। मिस नेपाल प्रतियोगिताको प्रायोजक वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पोज’ परियोजनामा पुल निर्माणमा सहयोग गर्ने भएको छ ।
यस वर्ष मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो ‘व्यूटी विथ पर्पोज’ प्रोजेक्टको लागि धादिङको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको र उक्त प्रोजेक्टमा वृज सिमेन्टले सहयोग गर्ने भएको हो ।मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘व्यूटी विथ पर्पोज’ परियोजना अन्र्तगत धादिङ निलकण्ठ गाउँपालिकको १२ र १३ नं। वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना रहेको छ । श्रेष्ठमार्फत पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसन अन्र्तगतको वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको हो । रातोपाटी डटकमबाट