उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन

लोकखबर
६ भाद्र २०७८, आईतवार ११:०८

 

मकवानपुर । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन भएको छ । ८९ वर्षका सिंहको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उत्तर प्रदेशका प्रदेशका पूर्व मुख्यमन्त्रीका साथै राज्यपालसमेत रहेका कल्याण सिंह दुई महिनादेखि अस्पतालमा भर्ती थिए । ७ दिनदेखि उनी भेन्टिलेटरमा थिए । २१ जुनमा उनलाई श्वास लिन गाह्रो भएपछि लखनऊको लोहिया अस्पतालमा भर्ती गरिएको थियो । स्वास्थ्य स्थितिमा सुधार नभएपछि गत ४ जुलाईमा उनलाई पीजीआई सारिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले र गृहमन्त्री अमित शाहले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि सिंहको निधनमा दुःख व्यक्त गर्दै नरौरास्थित गंगा तटमा सोमबार उनको अन्तिम संस्कार गरिने जानकारी दिएका छन् । योगीले प्रदेशमा ३ दिन राजकीय शोकको घोषणा गरेका छन् ।कल्याण सिंह यूपीमा भाजपाका पहिलो मुख्यमन्त्री थिए । पहिलोपटक मुख्यमन्त्री बनेपछि मन्त्रिमण्डलसँग सिधै अयोध्या पुगेर राम मन्दिर बनाउने घोषणा गरेका थिए । सन् १९९२ डिसेम्बर ६ मा अयोध्यामा बाबरीको ढाँचा भत्काउँदा सिंह नै यूपीका मुख्यमन्त्री थिए । उनले कर सेवकहरूमाथि गोली चलाउने अनुमति दिएनन् । कल्याण सिंह तीन पटक यूपीको मुख्यमन्त्री बनेका थिए । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*